• २०८३ असार १०
  • 2026 June 24, Wednesday

गगन थापा रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।

सभापति थापाले रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन त्यसतर्फ जाने भएका हुन् ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपाबाट राजेन्द्र लिङ्देन, जनमतबाट सीके राउत, जसपाबाट उपेन्द्र यादवसमेत सहभागी हुन लागेका छन् ।