• २०८३ असार २५
  • 2026 July 09, Thursday

नेकपाका पोलिटब्युरो सदस्य कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमालेमा प्रवेश

काठमाडौँ । नेकपाका पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

​एमालेमा प्रवेश गरेका केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता रुपन्देही, विद्याप्रसाद शर्मा दैलेख, वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ) रविन्द्र बम बैतडी लगायत रहेका छन् ।