काठमाडौँ। बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको निधन भएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले वीर अस्पतादलमा उपचारका क्रममा नेपालीको मृत्यु भएको पुष्टि गरेका हुन्।
अस्पतालका अनुसार गणेशको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। विशेषगरी अनुहारमा लागेको गम्भीर जलनका कारण श्वासप्रश्वास प्रणाली प्रभावित भएकाले उपचार चुनौतीपूर्ण बनेको चिकित्सकहरूले बताएका थिए। उनलाई वीर अस्पतालको बर्न आइसियुमा मेकानिकल भेन्टिलेटरमा राखेर जीवनरक्षक औषधिको सहायतामा उपचार भइरहेको थियो।
यद्यपि, अस्पतालले भने नेपालीको मृत्युको पुष्टि गर्न बाँकी छ।