रोहिणी पुलमा भएकाे बस दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाकाे सनाखत

रुपन्देही । रुपन्देहीको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

जनकपुरबाट भैरहवातर्फ आइरहेकाे लु२ख ३८४१ नबरंको बस बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।

दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।

दुर्घटनामा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३ कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ वर्षीय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको छ भने अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइतेको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१