• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

फर्पिङको जंगलमा युवा युवती मृत फेला

काठमाडौं । दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा दुईजना युवा युवती मृत भेटिएका छन् । करिब २० देखि २२ वर्षका देखिने युवा युवतीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार युवा युवती मृत भेटिएको ठाउँमा अहिले स्थानीय प्रहरीको युनिट पुगिसकेको छ ।

घटनाबारे जानकारी आएपछि अपराध अनुसन्धान कार्यालयको एउटा टोली पनि पठाएकाे प्रहरीले जनाएकाे छ ।