५८ वर्ष लागे सधैँ जवान देखिने राजेश हमाल

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका राजेश हमाल ५८ वर्षमा लागेका छन् ।

सधैं जवान देखिने र आफूलाई सधैं जवान नै छु भन्ने महानायक हमाल वि.सं. २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा जन्मेका हुन् ।

हरेक पटकको अन्तर्वातामा उमेरलाई नम्बरको संज्ञा दिने महानायक हमालले झन्डै ३ दशकसम्म नेपाली फिल्मलाई आफ्नो काधँमा राखेका थिए । ३४ वर्षअघि ‘युगदेखि युगसम्म’बाट उदाएका उनले समयलाई पछ्याउँदै नेपाली फिल्म क्षेत्रको ‘महानायक’ बनेका छन् ।

आजको दिनसम्म आइपुग्दा महानायक हमालले २ सय ७ वटा फिल्ममा अभिनय गरेका छन् । केही फिल्म छायांकनको तयारीमा छन् ।

उनका पिता चुँडा बहादुर हमाल विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत भएका थिए । २०७१ सालमा प्रेमिका मधु भट्टराईसँग उनले विवाह गरेका थिए ।

उनले अभिनय गरेका चलचित्रले व्यवसायिक रुपमा सफलता कायम गरे । हमालले अभिनय गरेका ‘देउता, भाउजु, साथी, अल्लारे, गाउँले, अजम्बरी नाता, ढुकढुकी, बसन्ती, हामी तिन भाई’ लगायतका चलचित्र सफल मानिन्छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१