
काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा निर्माण भएको श्रीफौद सिंह जनता माविकाे दुई तले भवनकाे उद्घाटन गरिएकाे छ ।
लालबन्दी नगरपालिका–१७ रानीगञ्जमा रहेकाे उक्त विद्यालय भवनकाे मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत नितेश कुमारद्वारा शनिबार उद्घाटन भएकाे हाे ।
उक्त विधालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रम अन्तर्गत निमार्ण गरिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगञ्जका जनता लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
७.८३ मिलियन लागतमा निर्माण भएको उक्त परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “आजादी का अमृत महोत्सव (India@75)” अन्तर्गत नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनाहरू मध्ये एक हो ।
नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्याउने छ । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान पन्ध्र वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको हो ।
सन् २००३ देखि, भारतले नेपालमा ५२७ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआईसीडीपीहरू) लिएको छ र सातवटै प्रदेशहरूकै तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, पहुँच, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७१ परियोजनाहरू पूरा गरेको छ । तीमध्ये २० आयोजनाहरू सर्लाही जिल्लामा छन् । यी बाहेक भारत सरकारले विभिन्न स्वास्थ्य चौकी/एनजीओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एउटा स्कुल बस उपहार दिएको छ ।