चिकित्सा शिक्षाका लागि नयाँ शुल्क निर्धारण, कुन विषय पढ्न कति लाग्छ ?

काठमाडौं । चिकित्सा शिक्षाको लागि नयाँ शुल्क निर्धारण गरिएको छ । १७ जेठमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आयोगको नवौँ बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा ३.६ प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो ।

नयाँ शूल्क अनुसार काठमाडौं उपत्यकाभित्र एमबीबीएस शुल्क ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको छ। उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ तोकिएको छ ।

यस्तै, बीडीएसका लागि २० लाख ९२ हजार २९० रुपैयाँ शुल्क निर्धारण भएको छ। बीएस्सी नर्सिङका लागि १० लाख ३६ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङसहित ५६ ओटा विषयको नयाँ शुल्क निर्धारण गरेको छ ।

यस्ताे छ शुल्क :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१