हप्तामा २ दिन बिदा खारेज, आजदेखि कार्यालय समय पुरानै कायम

काठमाडाैं । बुधबारदेखि बिदा र कार्यालय समय पुरानै कायम भएको गृह मन्त्रालयले जनाएको छ ।

कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो ।

यो निर्णय खारेज भएपछि बुधबारदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सरकारी कार्यालय खुल्ने गृह मन्त्रालयले जनाएको छ ।

यस्तै, शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१