
काठमाडाैं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ५३ पैसा र बिक्रीमा १३० रुपैयाँ १५ पैसा पाइने छ ।
शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।
कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ २३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ३९ पैसा पाइन्छ । राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४०५ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०७ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३३२ रुपैयाँ १५ पैसा तोकिएको छ ।