राजेन्द्र लिङ्देन भन्छन्, ‘रवि लामिछाने राप्रपा प्रवेश गरे अचम्म मान्नु पर्दैन’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछाने राप्रपा प्रवेश गरे अचम्म मान्नु नपर्ने बताएका छन् । रवि लामिछाने राप्रपा प्रवेश गर्ने भन्नेबारे हुलाक सञ्चारले गरेकाे प्रश्नमा लिङ्देनले अहिले नै टुंगाे लागिनसकेकाे तर सम्भावना भने रहेकाे बताए ।

अध्यक्ष लिङ्देनले भने- ‘अहिले नै टुंगिसकेकाे छैन, तर उहाँमात्र हाेइन, सुशासनकाे वकालत गर्ने सबै बुद्धिजीवीहरुकाे पार्टी भनेकाे राप्रमामात्र भएकाेले उहाँलगायत व्यक्तिहरु राप्रपामा आउने सम्भावना छ ।’

उनले परिवर्तन चाहाने जाेकाेही पनि सक्रिय राजनीतिमा आउन चाहानुहुन्छ भने विकल्प भनेकाे राप्रपामात्र भएकाे दाबी पनि गरे ।

लोकप्रिय पत्रकार रवि लामिछानेले पत्रकारितालाई विट मार्दै राजनीतिमा होमिने घोषणा गरिसकेका छन् । तर, उनले गर्ने राजनीतिको रूपरेखा प्रस्ट भएको छैन । लामिछानेले आगामी प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीसाथ टेलिभिजनको जागिर छाडेका हुन् ।

काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने उनको तयारी छ । तर, पार्टीबाट लड्ने कि स्वतन्त्र लड्ने भन्ने खुलाएका छैनन् ।

आफूलाई विभिन्न पार्टीहरूबाट अफर आइरहेको तर निर्णय लिन बाँकी रहेको उनको भनाइ छ । यतिबेला उनी तानातानमा परेका छन् ।

हेर्नुहाेस् भिडिओ :