डडेल्धुरामा खोलाले बगाउँदा विद्यालयबाट फर्किएका एक बालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन् ।

पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए ।

बगेको ठाउँबाट ५०/६० मिटर तल निराजनको शव फेला परेकाे थियाे । उनीसँगै विद्यालय गएका अन्य दुई विद्यार्थी घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउद र १४ वर्षीय गोपाल साउद रहेका छन् । रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताए।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१