
पाेर्चुगल । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो ।
शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले बताए ।
उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।
बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए ।
गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो ।