• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

भृकुटीमण्डपमा ह्विलचियर गोदाममा भीषण आगलागी

काठमाडौं । भृकुटी मण्डपभित्र आगलागी भएको छ । भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ ।

आगलागिको कारण भने खुलेको छैन ।