काठमाडाैं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।
चौथाइवालेलगायतका उच्च अधिकारीहरूले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार प्रचण्डलाई स्वागत गरेका हुन् ।
प्रचण्ड भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार दिउँसो नयाँदिल्ली पुगेका हुन् । शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको विमानमार्फत स्वकीय सचिवहरू छोरी गंगा दाहाल र रमेश मल्लसहित उनी भारत गएका हुन् ।
भाजपा अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र भाजपा अध्यक्ष जेपी नड्डासहितका नेतासँग भेटघाट गर्ने कार्यतालिका रहेकाे छ ।