
काठमाडाैं । बुढानिलकण्ठ नगरपालिकामा नयाँ मतदाता दर्तामा किर्ते भएकाे देखिएकाे छ । एमालेका प्रतिनिधिले किर्ते गरेेर मतदाता दर्ता गर्न लाग्दा कांग्रेसका प्रतिनिधिले निर्वाचन आयाेगमा राेकेपछि किर्ते कामकाे पर्दाफास भएकाे हाे ।
किर्ते गरिरहेका एमाले प्रतिनिधि तथा नयाँ मतदाता नामावलीमा नाम लेखाउन आएकाहरू भागेका छन् भने व्यापकरूपमा किर्ते भएकाे हुनसक्ने भनेर नेपाली कांग्रेसले सबै वडाका नयाँ नामावली चेक गर्न थालेकाे छ ।
०७३ सालमा हाल एमाले काठमाडाैं जिल्ला अध्यक्ष दीपक निराैलाकाे घरमै टाेली बाेलाएर रातारात मतदाता फाेटाे खिच्ने कामसहित एमालेले सुरू गरेकाे किर्ते धन्दा त्यसयता लगातार चलिरहेकाे कांग्रेसकाे आराेप छ ।
मंसिरमा हुने सम्भावना रहेकाे संघ तथा प्रदेशकाे चुनावका लागि एमालेले नयाँ मतदाता दर्तामा गडबडी सुरू गरेकाे सुइँकाे पाए पछि कांग्रेसका प्रतिनिधिले चनाखाे भएर किर्ते काम पत्ता लगाएका थिए ।
किर्ते गरेर नयाँ मतादाता दर्ता गराउँदै गरेका एमाले जिल्ला प्रतिनिधि ध्रुव भट्टराईसहित नेकपा एमाले वडा नं २ सचिव निशा बरालबाट कागज खाेसिएपछि उनीहरु भागेकाे बताइएकाे छ । भट्टराई र बराल किर्ते कागजसहित नयाँ मतदाता दर्ता गर्न आएका थिए ।
उनीहरूले एकजनाकाे कागजात छाडेर भागेका छन् ।
याे घटना सार्वजनिक हुने बित्तिकै कांग्रेसले सबै वडा र सबै नयाँ दर्ताकाे कागजात रूजु गर्न लागेकाे छ । रूजु गर्न थालेपछि एमाले आक्रमक भएर आएकाे सहभागी एक कांग्रेस प्रतिनिधिले बताए ।
किर्ते काम धेरै भएकाे हुनसक्ने देखिएपछि नेपाली कांग्रेस काठमाडाैं क्षेत्र नं ४ का सभापति श्याम संगतसहित एक दल अहिले निर्वाचन आयाेगमा छ ।