भीरबाट खसेर इन्द्रावती खोलाले बगाउँदा ठूली आमा र छोराको मृत्यु

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ कोइरालटारको भीरबाट खसेर इन्द्रावती खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

साेमबार दिउँसो माइत जाने क्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीय गोमा धिताल र मेलम्ची नगरपालिका वडा नम्बर ११ का ५ वर्षको विशेष चालिसेको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटनीले जानकारी दिए ।

मृत्यु हुने विशेष चालिसे ठूली आमासँग मामाघर जान भनेर हिँडेका थिए ।

कोइरालटारकाे भीरबाट बगाएकाे दुवैजनाकाे शव फट्केश्वरमा भेटिएकाे प्रहरीले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१