श्रीमती र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेको आशङ्का

काठमाडाैं । काठमाडाैंकाे तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ । श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव साेमबार बिहान फेला परेको हाे ।

प्रहरीका अनुसार दिनेश पाण्डे झुन्डिएको अवस्थामा फेला परे भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ ।

घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । दिनेश पाण्डेकी श्रीमती सुनिता, छोरा र छोरी गरी तीन जनाको शव एउटा कोठामा भेटिएको छ भने दिनेशको शव फरक कोठामा झुन्डिएको अवस्थामा छ ।

घटनामा प्रयोग भएको एउटा चक्कु भेटिएको छ । यस्तै, चार पेज लामो ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ । साेमबार बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

घटनाको अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१