काठमाडाैं । नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सदस्य चुनु केसी खड्काले केपी शर्मा ओलीको होस् नखुलेसम्म एमालेसँग गठबन्धन नहुने बताएकी छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे अहंकारका कारण नेकपा टुक्रिएकाे बताउँदै उनले अब ओलीकाे हाेस् नखुलेसम्म एकताकाे कुनै सम्भावना नरहेकाे स्पष्ट पारेकी हुन् । उनले नेकपा फुटकाे मुख्य कारण ओली भएकाे र नेपालमा कम्युनिष्टहरुकाे विभाजन गराउने मुख्य पात्र ओली भएकाे आराेप पनि लगाइन् ।
प्रतिनिधिसभा चुनावकाे सन्दर्भमा उनले गठबन्धन आवश्यक भएकाे पनि बताइन् । उनले भनिन् ‘समग्र देशकाे भविष्यकाे लागि अहिलेकाे गठबन्धन आवश्यक छ । यसकाे निरन्तरता उचित छ ।’
हेर्नुहाेस् भिडिओ :