नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको दोस्रो जित

काठमाडौं । स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा पिएसजीले मोन्टपिलोयरलाई ५-२ अन्तरले पराजित गर्‍यो । पिएसजीको जितमा नेयमारले दुई तथा एम्बाप्पेले सहित रिनाटो सान्चेजले एक एक गोल गर्दा फालाए साक्नोले आत्माघाती गोल गरे ।

यस्तै, भ्रमणकारी टोलीका लागि वाहबी खाज्री र यन्जोले सान्त्वना गोल गरे । पिएसजीको जितमा लियोनल मेस्सी भने गोल बिहिन रहे ।

जितसँगै दुई खेलबाट ६ अंक बनाएको पिएसजी शीर्ष स्थानमा छ । दोस्रो स्थानको लिलको ४ अंक छ । यस्तै पराजित मोन्ट ४ अंक सहित आठौं स्थानमा छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१