काठमाडौंका मेयरलाई असफल नबनाउन कमल थापाको आग्रह

काठमाडौं । रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।

सोमवार देखी जारी केन्द्रिय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत काठमाडौंका मेयर शाहलाई असफल नबनाउन आग्रह गरेका हुन् ।

उनले मेयर साहले पनि एक बर्ष भित्र फोहोर ब्यवस्थापनका लागि दीर्घकालिन योजना बनाउनु पर्नेमा जोड गरेका छन् ।

‘काठमाडौंका मेयर केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो । त्यसबारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ’ थापाले लेखेका छन्, ‘त्यतिञ्जेल विगतमा झैँ सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन ।’