७ ताइवानी अधिकारीमाथि चीनकाे प्रतिबन्ध

ताइपेई । चीनले ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको भन्दै सात ताइवानी अधिकारीलाई प्रतिबन्ध लगाएको छ । चिनियाँ सञ्चार माध्यमले उक्त जानकारी दिएका हुन् ।

यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । उनको भ्रमणले गलत सन्देश दिएको बेइजिङले बताइरहेकाे छ ।

चीनले ताइवानलाई आफ्नो महत्वपूर्ण क्षेत्र मान्दै आएको छ, जसलाई ताइपेईले अस्वीकार गर्दै आएको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनले प्रतिबन्ध लगाएकामा वासिङ्टनका लागि ताइवानका राजदूत हसियाओ बि–खिम र ताइवानको राष्ट्रिय सुरक्षा परिषद्का महासचिव वेलिंग्टन कु पनि छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१