निहारिकाको माग अनुसार डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत जनकपुरले बलात्कार पीडित निहारिका राजपुतको माग सम्बोधन गरेकाे छ । अदालतले आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको हाे ।

न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परिक्षण गर्न आदेश दिएको हो ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा राखेको छ । र उनले डीएनए परीक्षण गर्न आफू तयार रहेको बताएका छन् ।

आफ्नो शिशु र आरोपित श्रेष्ठको डीएनए परीक्षण हुनुपर्ने माग राखी राजपुत अनसन बसेकी थिइन् । माग सम्बोधन हुने आश्वासनपछि उनले अनसन तोडेकी हुन् ।

यसअघि जिल्ला अदालत धनुषाले बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१