• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कपिलवस्तुमा गोली हानी १ जनाको हत्या

काठमाडाैं । कपिलवस्तुमा गोली हानी एक जनाको हत्या भएको छ । शुक्रबार दिउँसो अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको हत्या भएको हो ।

कपिलवस्तुका डीएसपी जेसी साहले मायादेवी गाउँपालिका ६ का ५० वर्षीय घुरहु पासीमाथि गोली प्रहार भएको जानकारी दिए ।

घटनास्थलमा प्रहरीको टोली पुगेको र थप अनुसन्धान भइरहेको साहले बताए । गोली लागेर गम्भीर घाइते भएका घुराहुलाई तौलिहवा अस्पताल लगिएको थियो ।