• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

न्युरोडको सुरज आर्केडमा डोजर पुगेपछि…

काठमाडौं । न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

बेसमेन्टमा पार्किङ गराउनपर्ने भन्दै सुरज आर्केड अगाडिको पार्किङ हटाउन लागिएको महानगरपालिकाले जनाएको छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली न्यूरोडमा रहेको सुरज आर्केडको पार्किङ खाली गराउन पुगेको हो ।

केहीदिनदेखि नयाँ बानेश्वर, शंखमुल, सुन्धारा न्यूरोडलगायतका क्षेत्रका अवैधानिक संरचना धमाधम महानगरपालिकाले भत्काइरहेको छ ।

-फाइल तस्बिर ।