६ तलामाथिबाट खस्दा बुद्धनगरमा दुई बालबालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुईजनाको मृत्यु भएको छ ।

अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरुलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले छतबाट हामफालेको हुनसक्ने बताइएको छ । विस्तृत अनुसन्धान थालिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१