
काठमाडाैं । विजय देवरकोन्डाको डेब्यू बलिउड फिल्म ‘लाइगर’ बक्सअफिसमा फ्लप भएको छ ।
बक्सअफिसमा फिल्म कमजोर साबित भएसँगै अभिनेता देवरकोन्डाले यस फिल्मका निर्मातालाई आर्थिक सहयोग गर्ने निर्णय लिएका छन् ।
भारतमा बलिउड फिल्महरुको बहिष्कारको ट्रेन्ड चलिरहेको बेला यस फिल्मबाट निकै आशा गरिएको थियो । तर, २५ अगस्टमा रिलिज भएको यस फिल्मले आफ्नो लगानी समेत उठाउन नसकिरहेको अवस्था छ । एक सय करोड बजेटमा बनेको यस फिल्मले १० दिनमा विश्वभरिबाट ६६. ८९ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ ।
‘लाइगर’को कथा नै कमजोर भएको भन्दै दर्शकहरुले फिल्मको आलोचना गरिरहेका छन् । फिल्मबाट नोक्सान भएसँगै विजयले ‘लाइगर’का निर्मातालाई ६ करोड रुपैयाँ बढी सहयोग गर्नेछन् । विजयले धेरै नोक्सान व्यहोरेका चार्मी र को-प्रोड्युसरलाई सहयोग गर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा देवरकोन्डाका साथै अनन्या पाण्डेको मुख्य भूमिका छ ।