सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको प्रहरी स्रोतले जनाएको हो । यसबारे थप विवरण बुधबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

पीडित भनिएकी बालिकाको सोमबार स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको पनि  प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१