महंगा भए अल्लु अर्जुन, पुष्पा २ बाट लिए १२५ करोड पारिश्रमिक

काठमाडाैं । फिल्म ‘पुष्पा’को सफलता पछि अल्लु अर्जुन पेन इण्डिया स्टार बनेका छन् ।

उनको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ । उनले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक बुझेका छन् ।

समाचारअनुसार ‘पुष्पा २’ का लागि उनले १२५ करोड पारिश्रमिक लिएका छन् । यो फिल्मको बजेट ४ सय ५० करोड हो ।

उनको यो पारिश्रमिक बलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको तेस्रो स्थानमा परेका छन् । पारिश्रमिकको मामलामा उनले अभिनेता अक्षय कुमारलाई पनि पछि पारेका छन् ।

यसअघि अभिनेता सलमानले फिल्म ‘किसीका भाइ किसीका जान’का लागि १२५ करोड पारिश्रमिक लिने भएका छन् । फिल्म निर्माताले नै स्वेच्छाले उनलाई यो पारिश्रमिक दिन लागेका हुन् ।

सलमानको यो फिल्म यसै वर्षको ३० डिसेम्बरमा रिलिज हुनेछ । अल्लुको फिल्म भने आगामी वर्षमात्र रिलिज हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१