भारतका विदेशमन्त्री जयशंकर आज साउदी अरब जाने

नयाँ ढिल्ली  । भारतका विदेशमन्त्री एस जयशंकरले साउदी अरबको भ्रमण गर्ने भएका छन्। शनिबारदेखि उनले साउदी अरबको तीन दिने भ्रमण गर्न लागेका हुन्।

विदेशमन्त्री भएपछि उनी पहिलो पटक साउदी अरब जान लागेका हुन्। भ्रमणका क्रममा उनले राजनीतिक, सुरक्षा, सामाजिक तथा सांस्कृतिक सहयोग (पीएसएससी) को बैठकमा सहभागिता जनाउने छन्।

उनले साउदी अरबका विदेश मन्त्री फैसल बिन फर्रान अल साउदसँग दुई पक्षीयहित, आपसी सम्बन्ध र सहकार्यबारे छलफल गर्ने तय भएको छ।

भ्रमणका क्रममा जयशंकरले अन्य उच्चस्तरीय भेटवार्ता पनि गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१