डलरकाे भाउ हालसम्मकै उच्च, एक डलर खरिद गर्न कति खर्चिनुपर्छ ?

काठमाडाैं । शनिबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ । शनिबार एक डलर खरीद गर्न नेपालीले झन्डै १३० रुपैयाँ खर्चिनुपर्ने भएकाे छ ।

डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकले शनिबार १ डलर बराबर १२९.८९ रुपैयाँ बिक्रीदर तोकेको छ ।

डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो । शनिबार १ डलर बराबर ८०.९१ भारू पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ ।

पेट्राेलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशिक लगानीको कारण भारु कमजोर भइरहेको हो ।

डलरको ग्राफ उकालो लाग्दै गर्दा हरेक दिन नेपाली रूपैयाँ कमजोर हुँदै गएको छ । नेपालमा मात्र हैन विश्व बजारमा डलर बलियो भइरहेकाे छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१