बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा अञ्जन विष्टकाे ह्याट्रिक

काठमाडाैं । बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् ।

अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औं मिनेटमा गरे । यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पूरा गरे ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१