
काठमाडौं । बाराको प्रसौनी गाउँपालिका–५, प्रष्टोमा बुधबार एकै परिवारका तीनजना मृत अवस्थामा फेलापरेका छन् ।
मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी तीन वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरी छन् ।
आफ्नै घरमा मृत भेटिएका उनीहरूको हत्या भएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।