९७ वर्षीय मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि चुनाव लड्ने

काठमाडाैं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि संसदीय निर्वाचन लड्ने भएका छन् ।

९७ वर्षीय महाथिरले नोभेम्बरमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘हाम्रो पार्टीबाट को प्रधानमन्त्री हुनेछ भन्ने कुरा मैले भन्न सक्दिनँ तर मैले उम्मेदवारी दिने निर्णय गरें,’ उनले भनेका छन् ।

सत्ता गठबन्धनसँग खटपटपछि मलेसियाका प्रधानमन्त्री स्माइल साब्री याकुले संसद विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेका छन् ।

महाथिरले आफ्नो जीत निश्चित रहेको दाबीसमेत गरेका छन् ।

मलेसियाको निर्वाचन आयोगले अक्टोबर २० मा मतदानको मिति तोक्दैछ । यसअघि महाथिर ९२ वर्षमा मलेसियाको प्रधानमन्त्री बनेका थिए ।

महाथिरले दुई दशकभन्दा बढी मलेसियाको सत्ता चलाएका थिए ।

उनले सन् २००३ मा प्रधानमन्त्री पद छोडेका थिए । राजनीतिबाट सन्यासको घोषणा गरेका उनी पछि उक्त निर्णय फिर्ता लिँदै फेरि चुनावमा होमिएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१