• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

भारतको मध्य प्रदेशमा बस दुर्घटना, १४ जनाको मृत्यु

भारत । भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा १४ यात्रुको मृत्यु भएको छ। मध्य प्रदेशको रिवास्थित त्यहाँको राष्ट्रिय राजमार्गको हाइवे–३० मा भएको दुर्घटनामा ३५ यात्रु गम्भीर घाइते भएका छन्।

गएराति १२ बजेतिर बस दुर्घटनामा परेको हो। पहाडबाट समथर भूमिमा झर्दै गरेको बस अचानक दुर्घटनामा परेको र दुर्घटनाको कारण खुल्न नसकेको अधिकारीहरूले बताएका छन्। हैदरावादबाट गोरखपुर जाँदै गरेको बसमा अधिकांश मजदुर रहेको जनाइएको छ।