• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

दक्षिण कोरियाको राजधानीमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु

काठमाडाैं । दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भागदौडको घटना हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ।

हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा भागदौड मच्चिएकाे समाचार संस्था रोयटर्सले उल्लेख गरेकाे छ । भागदाैडमा दर्जनौं घाइते भएका छन् ।

कोरोना महामारीका कारण तीन वर्षपछि यसपालि दक्षिण कोरियामा हालुविन इभ मनाउन दिइएको थियो ।

अत्याधिक भीड भएपछि सास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिर निस्कन खोज्दा स्थानीय समयअनुसार राती १० बजेतिर भागदौड मच्चिएको बताइएको छ।

मृत्यु हुनेमा २० देखि ३० वर्षका युवती धेरै छन् । दुई जना विदेशीको पनि मृत्यु भएको छ । घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विभिन्न देशका नेताहरूले दु:ख व्यक्त गरेका छन् ।

दक्षिण कोरियाली अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।