५७ वर्षका भए शाहरुख खान, जन्मदिनमा ‘पठान’काे टिजर रिलिज

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान बुधबार ५७ औं जन्मदिन मनाइरहेका छन् ।

आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ ।

चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाइरहेका छन् । अंग्रेजी नयाँ वर्ष २०२३ मा उनका तीन नयाँ फिल्म रिलिजकाे तयारीमा छन् ।

जन्मदिनको अवसरमा फ्यानले शाहरुखको बर्थडे र उनको नयाँ फिल्म ‘पठान’को टिजरलाई ट्रेन्डिङ बनाइरहेका छन् ।

शाहरुखकै जन्मदिनको अवसर पारेर बुधबार यशराज फिल्म्सले पठानको टिजर सार्वजनिक गरेको छ ।

दीपिका पादुकोण र जोन अब्राहमको समेत मुख्य भूमिका रहेको पठान शाहरुखको प्रतीक्षित फिल्ममध्ये एक हो । ‘वार’ फेम्ड सिद्धार्थ आनन्द निर्देशित फिल्मको टिजर एक्सनप्रधान छ ।

पठानबाहेक शाहरुखका ‘जवान’ र ‘डंकी’ पनि रिलिजकाे तयारीमा छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१