
काठमाडौं । हलिउड अभिनेता क्रिस इभान्स यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषित भएका छन् ।
प्रतिष्ठित पिपुल म्यागजिनले सोमबार राति इभान्सलाई यो उपाधि प्रदान गरेको हो ।
मार्वल सिनेम्याटिक युनिभर्सका यी अभिनेतालाई पिपुल म्यागजिनले यस साताको कभर स्टोरीको रुपमा प्रकाशित गरेको छ ।
सन् २०२० मा माइकल बी जोर्डन र सन् २०२१ मा ‘आन्ट म्यान’ अभिनेता पौल रड सेक्सी पुरुष घोषित भएका थिए ।
यतिबेला इभान्स प्राइम भिडियोको फिल्म ‘रेड वान’का लागि ड्वेन जोन्सनसँग काम गर्देछन् ।