
काठमाडाैं । दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन् ।
अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष्पा द रुल’ को विदेश थिएटर राइट्सलाई लिएर नयाँ खबर बाहिरिएको छ ।
निर्माताहरुले पुष्पाको सिक्वेलको विदेशी थिएटर राइट्स बिक्रीका लागि मंहगो मूल्य तोकेका छन् ।
फिल्मका निर्माताले विदेशी अधिकार सुरक्षित गर्न ८० करोड भारतीय रुपैयाँभन्दा बढी रकम तोकेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
एसएस राजामौलीको ‘आरआरआर’ भन्दा ‘पुष्पा २’ को विदेशी थिएटर अधिकारको मूल्य बढी हो।
‘आरआरआर’ को ओभरसिज थिएटर अधिकार ७० करोड भारतीय रुपैयाँमा बिक्री भएको थियो । जसकारण पुष्पा २ ले रिलिज हुनुअघि आरआरआरको रेकर्ड तोडेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
पछिल्लो समय विश्वभर नै दक्षिण भारतीय फिल्मको लोकप्रियता बढ्दो छ । जसकारण पुष्पाको सिक्वेलले पनि बम्पर कमाई गर्ने आशा गरिएको छ । अर्को हप्ता नै फ्लोरमा जाने भनिएको फिल्मको हालै टिजर सुटिङ सम्पन्न भएको थियो ।