
ललितपुर । ललितपुरको गोदावरीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्।
१० र ११ वर्षका दुई बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत विश्वकर्मा र १९ वर्षीय मदन विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगी बलात्कार गरेको उजुरी आएपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।