• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मत खसालेपछि राजेश हमालकाे प्रतिक्रिया : पाँच वर्षपछि राजनीतिमा आउन सक्छु

काठमाडौं । अभिनेता राजेश हमालले प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेका छन् ।

लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले आफू पनि भविष्यमा राजनीतिमा आउने बताए ।

‘म आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु । मलाई लाग्छ कि अर्को पाँच वर्षपछि म नेपाली राजनीतिमा सायद आउँछु होला’ उनले भने ।