• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अभिनेत्री ज्याकलिनविरुद्ध नाेरा फतेहीले दायर गरिन् मानहानी मुद्दा

काठमाडाैं । अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध मानहानिको मुद्दा परेको छ। ज्याकलिनविरुद्ध अर्की अभिनेत्री नोरा फतेहीले २ सय करोडको मानहानि मुद्दा दायर गरेकी हुन्।

ज्याकलिनले आफूविरुद्ध दुर्भावनापूर्ण ढंगले गलत बयान दिएको आरोप नोराले लगाएको समाचार एजेन्सी एएनआईले जनाएको छ। ईडीले मनी लाउन्ड्रिङ मुद्दामा दुवै अभिनेत्रीसँग सोधपुछ गरेको छ।

अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ।

आर्थिक अनियमिततको मुद्दा खेपिरहेकी ज्याकलिनलाई सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लाउन्ड्रिङ गरेको आरोप लागेको छ।