आलाेपालाे प्रधानमन्त्रीकाे कुरा भएकाे प्रचण्डकाे दाबी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् ।

सोमबार चितवनमा पत्रकारहरुसँग उनले यस्तो बताएका हुन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा जनादेश आइसकेपछि प्रधानमन्त्री आलाेपालाे बन्ने भन्ने केही सहमति भएकाे थियाे ? भन्ने पत्रकारहरुकाे प्रश्नमा उनले आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका हुन् ।

उनले भने- ‘लिखित औपचारिक केही भएको थिएन । छलफल त पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’

करिब करिब त्यो समझदारी अहिले पनि रहेकाे उनकाे दाबी छ ।