
काठमाडाैं । अमेरिकाले नयाँ स्वास्थ्य मापदण्ड लागू गर्दै चिनियाँ नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने तयारी गरेको छ ।
जनवरी पहिलो सातादेखि सीमा खुला गर्ने बेइजिङले तयारी गरेसँगै अमेरिकाले चिनियाँ नागरिकलाई आफ्नो मुलुकमा प्रवेश गर्न रोक लगाउने पहल थालेको हो ।
चीनमा संक्रमण बढ्दा पनि कोरोनाबारेका सूचना र विवरण अपारदर्शी राखेकाले यस्तो निर्णय गरिएको अमेरिकी अधिकारीहरूले बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनमा बढ्दो संक्रमणदर र सीमा खुलाउने चिनियाँ सरकारको निर्णयसँगै अमेरिकासहित विभिन्न मुलुकले चिनियाँ नागरिकको आगमनमा कडा प्रतिबन्ध लगाएका छन् । संक्रमण भित्रिने चिन्ताका कारण जापान, मलेसिया र ताइवानले चिनियाँ यात्रुको प्रवेशमा कडाइ गरेका छन्।
भारतले पनि चिनियाँ नागरिकको प्रवेशमा यसअघि नै कडाइ गरेको थियो, त्यतिबेला चीनले सीमा खुलाउने निर्णयसमेत गरेको थिएन ।