• २०८३ असार ९
  • 2026 June 23, Tuesday

प्रदेश निजामती सेवा अध्यादेश पारित

विराटनगर । प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ लाई प्रदेशसभाको पहिलो बैठकले पारित गरेको छ ।

आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेशलाई पारित गरेको हो ।

बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका थिए । संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले काम कारवाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको उनले बताए ।

प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो ।

आइतबारको बैठकले केही प्रदेश ऐन संशोधन अध्यादेश पनि पारित गरेको छ । बैठकले प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ ९पहिलो संशोधन० समेतलाई पारित गरेको छ ।

प्रदेशसभाको अर्को बैठक २५ पुसको दिउँसो १ बजे बोलाइएको छ ।