• २०८३ असार ९
  • 2026 June 23, Tuesday

प्रधानमन्त्री प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्दैछन् । हिजो सचिवहरुबाट कामकारबाहीबारे रिपोर्टिङ सुनेका प्रधानमन्त्री प्रचण्डले आज उनीहरुलाई थप सुझावसहित निर्देशन दिन लागेका हुन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई सिंहदरबारमा बैठक राखेर मन्त्रालयबाट हुँदै आएका काम र सचिवलगायतका कर्मचारीहरुको कार्यशैलीबारे जिज्ञासा राखेका थिए । सो दिन अधिकांश मन्त्रालयका सचिवहरुको ब्रिफिङ सकिएको छ । मंगलबार बाँकी मन्त्रालय र आयोगहरुका सचिवहरुबाट ब्रिफिङ हुने छ ।

प्रचण्डको सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्माले ब्रिफिङ सकिएपछि सम्बोधन गर्ने जानकारी दिए ।

सरकारको सफलता र असफलतामा कर्मचारी संयन्त्रको ठूलो भूमिका हुने भएकाले सरकारको लक्ष्य उद्देश्य प्राप्तिका लागि सोही स्पीरिटमा काम गर्न प्रचण्डले निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।