• २०८३ असार ९
  • 2026 June 23, Tuesday

देउवा पक्षका सातै प्रदेशका कांग्रेस केन्द्रीय सदस्यको बैठक छुट्टाछुट्टै बस्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।

सभापति देउवाले आफू निकटका नेताहरुलाई समन्वय गर्न जिम्मेवारी दिएका छन् । स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरुलाई बैठक बोलाउन जिम्मेवारी दिइएको छ ।

देउवा पक्षीय एक नेताका अनुसार समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरुले आफू अनुकूल समय मिलाएर सबै प्रदेशको बैठक बोलाउने उनले जानकारी दिए ।