सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकाल अभ्यास गर्ने छुट छैन : नेता रावल

काठमाडाैं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री डा. भीमबहादुर रावलले यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकालको अभ्यास गर्ने छुट नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमा लेख्दै नेता रावलले सो कुरा बताएका हुन् ।

उनले सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम पनि सुशासन र जनचाहना विपरित भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘नेपालको संविधान जारी भएपछि दोस्रो आम निर्वाचन पछिको यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमण कालको अभ्यास गर्ने छुट छैन । अतः सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम सुशासन र जनचाहना विपरीत छ । आफैँले लगाएका चर्का नाराको सम्झना गर्ने कि ?’