काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दैछ ।
बैठक बिहीबार दिउँसो १ बजे अर्थ मन्त्रालयमा बस्दैछ । आजको बैठकबाटै कार्यक्रमको मस्यौदालाई अन्तिमरूप दिने प्रयास गर्ने कार्यदलका सदस्यहरूले बताएका छन् ।
बैठकले विदेश नीति, छिमेकी तथा विकास साझेदार देशहरूसँगको सम्बन्ध सुधार र आन्तरिका सुशासनको विषयलाई विशेष ध्यान दिएर मस्यौदा तयार पार्ने बताइएको छ ।
मस्यौदा तयार भइसकेपछि कार्यदलले गठबन्धनका शीर्षस्थ नेताहरूसमक्ष पेश गर्नेछ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदललमा सदस्यका रूपमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरा र जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ छन् ।