• २०८३ साउन ४
  • 2026 July 20, Monday

आगामी वैशाख ९ देखि एसईई परीक्षा

काठमाडाैं । आगामी वैशाख ९ देखि माध्यामिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन मिति तोकेको हो । वैशाख ९ देखि वैशाख २० सम्म परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाको पूर्ण विवरण भने बिहीबारको गोरखा पत्रमा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।